Like us!
Follow us!
Connect us!
Watch us!

अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, ११ : २५ मा प्रकाशित

अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो।

बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई आगामी २१ दिनभित्र सम्बन्धित सर्भेयरसँग सम्पर्क गरेर वा कम्पनीको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरेर दाबी प्रक्रिया अघि बढाउन भनेको छ।

बीमितको तर्फबाट २१ दिनभित्र पनि अपुग काजगात पेश नभएमा वा सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

67d11e62bbad5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको