Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, १४ असार २०८१, ११ : ३८ मा प्रकाशित

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ८ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार  प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै,आज चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको