Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा २० अर्बको धान–चामल आयात

अर्थ संसार

शनिबार, १५ असार २०८१, १७ : ३३ मा प्रकाशित

११ महिनामा २० अर्बको धान–चामल आयात

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।  भन्सार विभागका अनुसार आथिर्क वर्ष २०८०/८१ को जेठसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ ।

यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ ।

यस्तै एघार महिनामा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका आयात भएको छ ।

भन्सार विभागका अनुसार भारतदेखि अमेरिकासम्मबाट चामल आयात भएको छ। 

सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ। हरेक वर्ष असार १५ मा धान दिवस मनाइँदै आए पनि उत्पादन बढ्न सकेको छैन। उत्पादन वृद्धि हुन नसक्दा धान, चामल आयात गर्नुपरेको हो।

नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्दै आएका छन्।

त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको