Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी लघुवित्त डुबाउन लागिएको भन्दै राष्ट्र बैंकमा उजुरी

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०८ : ५८ मा प्रकाशित

सिवाईसी लघुवित्त डुबाउन लागिएको भन्दै राष्ट्र बैंकमा उजुरी


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था डुबाउने प्रयास भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी गरिएको छ । 

संस्थाका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले करोडौं रुपियाँको अनियमितता गरी मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै संस्थापक सेयरधनीहरुले राष्ट्र बैंकमा उजुरी दिएका हुन् । 

मर्जर हुनुअघि नभएका काम कुराहरुलाई भएको भनेर बिल भरपाई गरिएको भन्दै त्यसमा कारबाहीको माग गरिएको छ । १९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको, सञ्चालक र प्रबन्ध सञ्चालक (डोलेन्द्र शर्मा)ले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाईएको उजुरीमा उल्लेख छ । 

त्यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कर्मचारी निरज अधिकारीको नेतृत्वमा संस्थाको स्थलगत अनुगमनमा हेर्नुपर्ने कुराहरु केही पनि नहेरेको आरोप लगाइएको छ । अधिकारीले अधिक ऋणलाई ‘इभर ग्रिन’ गरिएको , आफन्त तथा नजिककालाई दिएको तर उठ्न नसकेको कर्जालाई लुकाइएको, प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले महिनाभरि अर्थात ३६५ दिनकै भ्रमण भत्ता लिएको उजुरी नहेरेको आरोप छ। 

राष्ट्र बैंकले प्रबन्ध सञ्चालक हटाएर सीइओ राख्न निर्देशन दिएपनि सिवाईसी लघुवित्तमा अहिलेसम्म सीइओ नियुक्ति हुन् सकेको छैन् । तीन महिनाभन्दा बढी निमित्तको भरमा संस्था चलाउन नपाइने राष्ट्र बैंकको नियम छ । नातामा काका भतिज पर्ने संस्था अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मालाई कारबाही गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको छ । 

त्यस्तै सञ्चालक र प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाइएको उजुरीमा उल्लेख छ। जसका कारण २०७९ बैशाखमा ९ करोड रुपैयाँ फाइदामा रहेको कम्पनी गत असारमा भने घाटामा गएको उजुरीपत्रमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको