Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तले फेरि बोलायो स्थगित साधारणसभा

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, ११ : ४९ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तले फेरि बोलायो स्थगित साधारणसभा

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो पटक माघ १२ गते शनिबार वार्षिक साधारणसभा बोलाएको छ ।  यस अघि पुस २९ गते सोमबार बोलाइएको बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो ।

कम्पनीले अर्को सूचनामार्फत पहिले नै समावेश गरिएका प्रस्तावहरू यथावत् राखी  पुनः वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले सेयरधनीलाई लाभांश नदिने निर्णय यसअघि नै गरिसकेको छ।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको  छ । यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको