सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुुसार चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरू सबै बढेका छन् ।
यस अवधिमा लघुवित्तले ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १०४.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यो अवधिमा लघुवित्तले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
यस्तै, सञ्चालन नाफा ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३७.५७ प्रतिशतले बढी हो । यो अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस