Like us!
Follow us!
Connect us!
Watch us!

सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने,सेयरधनीको हात खाली

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, ११ : १८ मा प्रकाशित

सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने,सेयरधनीको हात खाली

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।

संस्थाको शनिबार (पुस ६ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  योसँगै सेयरधनीको हात खाली हुने भएको छ ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको