Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान प्रदान

अर्थ संसार

आइतबार, १६ असार २०८१, १२ : ४२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको अत्तरियामा अवस्थित श्री सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोगस्वरूप उपलब्ध गराएको छ।

सो विद्यालय शारीरिक रूपमा अपांगता भएका बालबालिकालाई आवासीय रूपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो। दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने मनसायले फ्यान सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको