Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि

अर्थ संसार

सोमबार, १७ असार २०८१, ११ : ०५ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार २ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पुनः २ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला  १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य आइतबार पनी सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको