Like us!
Follow us!
Connect us!
Watch us!

ओली नेतृत्त्वको सरकार गठन हुने चर्चा सँगै पुंजीबजारमा उत्साह

अर्थ संसार

सोमबार, १७ असार २०८१, १५ : ५५ मा प्रकाशित

ओली नेतृत्त्वको सरकार गठन हुने चर्चा सँगै पुंजीबजारमा उत्साह

सेयर बजारमा आज सोमबार कारोबार समयको अन्तिम घण्टामा एकाएक चमक देखियो। राजनीतिक समीकरण फेरबदलको हुँदै नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठन हुने चर्चा सँगै बजारमा उत्साह देखियो।  

एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने र अर्थमन्त्रालयमा विष्णु पौडेल आगमन हुने हल्लासँगै एकाएक लगानीकर्ताको मनोबल बढेको देखिन्छ।आज सोमबार बजार १६ अंकले बढेर २०५३.३८ बिन्दुमा कारोबार बजार बन्द भएको छ। 

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित देखिन्छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका बुझिएको छ। 

हालको समानुपातिक प्रणालीका कारण निर्वाचन प्रणालीबाट धेरै साना दल आएका कारण बेलाबेलामा सरकार फेरबदल को समस्या भएकोले समाधानका लागि संविधान संशोधन गर्ने दुई दल बिच सहमित भएको बुझिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको