Like us!
Follow us!
Connect us!
Watch us!

प्राथमिक सेयर भर्दाको रकम खातामै रोकिने प्रणाली सुरु गर्न धितोपत्र बोर्डले माग्यो निवेदन, बाणिज्य र विकास बैंकलाई अनुमति दिइने

शनिबार, ११ मंसिर २०७३, १८ : ४८ मा प्रकाशित

प्राथमिक सेयर भर्दाको रकम खातामै रोकिने प्रणाली सुरु गर्न धितोपत्र बोर्डले माग्यो निवेदन, बाणिज्य र विकास बैंकलाई अनुमति दिइने

अर्थ संसार
काठमाडौं-धितोपत्र बोर्डले आगामी माघदेखि सेयर आवेदन गर्दा लगानीकर्ताले बुझाउनु पर्ने नगद संबन्धित ब्यक्तिकै खातामा लक गरेर राख्ने ब्यवस्था (आस्बा) लागू गर्न बैंक तथा वित्तीय संस्थासँग आवेदन मागेको छ । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली अव्यवहारिक भएको भन्दै धितोपत्र बोर्डले यस्तो ब्यवस्था गर्न लागेको छ ।

उक्त प्रणाली लागु गर्ने क्रममा बोर्डले उक्त निर्देशिकाको व्यवस्था वमोजिम आस्वा प्रणालीमा सहभागी भई सेवा दिन इच्छुक योग्यता पुगेको बैंक÷वित्तीय संस्थाहरुलाई निवेदन दिन बोर्डले सूचना गरेको हो । 

धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले बोर्डबाट स्वीकृत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका वमोजिमको आस्वा प्रणाली आगामी माघ १ देखि लागू गर्ने निर्णय बोर्डले गरिसकेको छ ।

यसका लागि बोर्डले बैंक तथा वित्तीय संस्थाको केही योग्यता तोकेको छ । जसअनुसार नेपाल राष्ट्र बैंकबाट क वा ख वर्गको इजाजत पत्र प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजीभन्दा प्रति शेयर नेटवर्थ बढी भएको, कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको हुनु पर्ने छ । 

त्यस्तै निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको, काठमाण्डौं उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको,  बैंक/वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनु पर्ने योग्यता बोर्डले तोको छ ।

धितोपत्र बाँडफाँड गर्न लामो समय ९७० दिनसम्म० लाग्ने गरेको, झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको र धितोपत्रको सूचिकरण गर्नसमेत लामो समय लाग्ने गरेकाले यस्ता समस्या निराकरण गर्ने क्रममा सार्वजनिक निष्काशनमा आस्बा प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ । 

यस प्रणालीअन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्न सक्ने छन् । त्यसरी आवेदन गरेपछि संबन्धित ब्यक्तिले खाताबाट झिक्न नपाउने गरी उक्त रकम बित्तीय संस्थाले रोक्का राख्ने छ ।
सेयर बाँडफाँट भएपश्चात् कति सेयर परेको हो, त्यति बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा हस्तान्तरण हुनेछ ।  धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने छ ।
 
यस्तो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने बोर्डको दावी छ ।  नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यस्तै निष्काशित धितोपत्रको सूचिकरणसमेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको