Like us!
Follow us!
Connect us!
Watch us!

ओली सत्तामा आउने हल्लाले उछालिएको नेप्से फेरी किन घट्यो ?

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १३ : ३९ मा प्रकाशित

ओली सत्तामा आउने हल्लाले उछालिएको नेप्से फेरी किन घट्यो ?

नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै  उछालिएको नेपालको पूँजीबजार फेरी डाउन भएको छ। 

राजनीतिक घटनाक्रमले नयाँ सत्ता समीकरणको हल्लासँगै मंगलबार सेयर बजार सुरु हुनासाथ १ मिनेटमै ४ प्रतिशतले बढेर करिब २२ सय विन्दु नजिक पुगेर सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भयो । २० मिनेटपछि कारोबार खुल्यो । त्यसको १ मिनेट अर्थात् बजार खुलेको २१ मिनेटमा सेयर मूल्य ५ प्रतिशतले बढेर दोस्रो पल्ट सर्किट ब्रेक लाग्यो ।

प्रधानमन्त्रीमा ओली आउने हल्लाले बढेको बजार प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको उपयोग गर्ने खबर बाहिरिएसँगै फेरि २ हजार बिन्दु वरीपरी उत्रिएको छ । यद्यपि, नेप्से तलमाथि हुने क्रम भने जारी नै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको