Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

अर्थ संसार

बुधबार, १९ असार २०८१, १० : ५६ मा प्रकाशित

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैँयाले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार तेजाबी सुन प्रतितोला  १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला  १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको