Like us!
Follow us!
Connect us!
Watch us!

बैठकबाट निस्केर मुकुल ढकालले भने: पार्टीमा मलाई ह्यारेसमेन्ट भयो

अर्थ संसार

बुधबार, १९ असार २०८१, २१ : ०८ मा प्रकाशित

बैठकबाट निस्केर मुकुल ढकालले भने: पार्टीमा मलाई ह्यारेसमेन्ट भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको आरोप लगाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका ढकालले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप लगाएका हुन् ।

‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन,' उनले भने ।

गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासाे छ । 

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको