Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा

अर्थ संसार

विहीबार, २० असार २०८१, १३ : ५० मा प्रकाशित

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।

कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे ।

उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउदै उनले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउदै उनले आफुहरुले केहि दिन कुर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको