Like us!
Follow us!
Connect us!
Watch us!

भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, दुई जना बेपत्ता, १० जना घाईते

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १७ : ०६ मा प्रकाशित

भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, दुई जना बेपत्ता, १० जना घाईते

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा २ जना बेपता भएका छन् अन्य १० जना घाइते भएका छन् ।

घटनास्थलबाट १० जनालाई तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो ।

ढलानले थिचेर बेपत्ता हुनेहरुमा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षिय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३० वर्षिय दीपक थामी, ४० वर्षिय आइतमान थामी, ४५ वर्षिय पदमबहादुर थामी, रोल्पा जिल्ला लिवाङका २३ वर्षिय साशन रोक्का, दोलखा बैतेश्वर गाउँपालिकाका ५८ वर्षिय रामचन्द्र धिमाल घाइते भएका छन् ।

इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भोटेकोसी गाउँपालिका वडा न ४ मा भोटेकोसी १ जलविद्युत आयोजनाले गत सावनबाट काम सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकोको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको