Like us!
Follow us!
Connect us!
Watch us!

२२ कम्पनीको मूल्य एकै सातामा १०% ले बढ्यो

अर्थ संसार

शनिबार, २२ असार २०८१, ०८ : ०८ मा प्रकाशित

२२ कम्पनीको मूल्य एकै सातामा १०% ले बढ्यो

यस साता नेप्सेमा कारोबार भइरहेका २२ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। 

नेप्सेमा कारोबार हुने कम्पनी मध्य यस साता सबैभन्दा धेरै बढ्ने कम्पनी आइसिएफसि फाइनान्स बनेको छ।  यस कम्पनीको एकै हप्तामा १८.५९ प्रतिशतले मूल्य बढेको छ। गएको साताको ५४२.२० रुपैंया प्रति कित्तामा अन्तिम कारोबार भएको यस कम्पनीको मुल्य यस साता बढेर ६४३ रुपैंया पुगेको छ। यस हप्ता मात्र यस कम्पनीको प्रति कित्ता मुल्य १००.८० रुपैंयाले बढेको हो। 

तेस्तै, दोस्रोमा यस साता मञ्जुश्री फाइनान्सको मूल्य पनि प्रतिकित्ता ८९.८० रुपैयाँले बढेको छ। एकै हप्तामा यस कम्पनीको मूल्य १६.९४ प्रतिशतले वृद्धि भएको छ। गत शुक्रबार ५३०.२० रुपैयाँमा बन्द भएको यस कम्पनीको मूल्य यो साता ६२० रुपैयाँ पुगेको छ।

तेस्तै, विकास बैंक अन्तर्गत पर्ने सप्तकोशी विकास बैंकको सेयर मूल्य पनि बढेको छ। यस साता मात्रै यस कम्पनीको सेयर मूल्य १६.३९ प्रतिशतले बढेको हो। यस हप्ता यस कम्पनीको सेयर मूल्य ५९ रुपैंया प्रति कित्ता बढेको देखिन्छ। 

हेर्नुहोस यो साता १०% भन्दा धेरै बढ्ने कम्पनीको सूची 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको