Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

अर्थ संसार

आइतबार, २३ असार २०८१, १४ : ५० मा प्रकाशित

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।

बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको