Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले बोलायो सचिवालय बैठक

अर्थ संसार

आइतबार, २३ असार २०८१, २२ : ४७ मा प्रकाशित

एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यही असार २५ गते दिउँसो १ बजे सचिवालय बैठक बोलाएको जानकारी दिए । 

बैठकमा पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयमा छलफल गरिने उनले बताए । नेताहरूको कार्यविभाजन पनि गरिने उनको भनाइ छ ।

नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेसँगै एमालेले लगातार बैठक गरिरहेको छ । आइतवार प्रतिनिधिसभा बैठकअघि एमालेले संसदीय दलको बैठक राखेको थियो ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको