Like us!
Follow us!
Connect us!
Watch us!

बहुमत गुमेको प्रधानमन्त्रीले एक सेकेन्ड पनि सरकारमा बस्न मिल्दैन: ठाकुर गैरे

अर्थ संसार

सोमबार, २४ असार २०८१, ११ : ५३ मा प्रकाशित

बहुमत गुमेको प्रधानमन्त्रीले एक सेकेन्ड पनि सरकारमा  बस्न मिल्दैन: ठाकुर गैरे

एमालेका सांसद ठाकुर गैरेले  बहुमत गुमेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए । उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने गरे । 

उनले भनेका छन्, ‘सरकार घोर अल्पमतमा परेको छ । देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’,यही सदनमा पनि तर्क वितर्क गरिँदै छ । बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने नैतिकता रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको