Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीका सञ्चालक र सिईओको योग्यता छानबिन गर्दै प्राधिकरण

अर्थ संसार

सोमबार, २४ असार २०८१, १५ : ५२ मा प्रकाशित

बीमा कम्पनीका सञ्चालक र सिईओको योग्यता छानबिन गर्दै प्राधिकरण

नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत (सिईओ) र सञ्चालकको योग्यता माथि छानबिन गर्न सुरु गर्ने भएको छ ।  जसका लागि बीमा नियामकले प्रत्येक बीमकसँग सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विषयमा विस्तृत जानकारी मागेको छ।

बीमा ऐन २०७९ को प्रावधान अनुसार सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता र अयोग्यताको परीक्षण सूची समावेश गरिएको छ। सञ्चालकको योग्यता सम्बन्धमा दफा ४७, ४९ र ५० को प्रावधानबमोजिम योग्य अयोग्य रहेको परीक्षण सूची समावेश गरिएको छ। यसै गरी प्रमुख कार्यकारी अधिकृतको हकमा दफा ५७ बमोजिमको योग्यता अयोग्यता परीक्षण गर्न निर्देशन दिइएको छ। 

सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबाट प्राप्त हुने उपयुक्तता परीक्षण फारममा उल्लेखित विवरणहरूको आधारमा सञ्चालक र प्रमुख कार्यकारी दुवैको उपयुक्तता भए नभएको यकिन गरेर अयोग्यता नरहेको प्रमाणीकरण गर्ने जिम्मेवारी कम्पनी सचिवलाई दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको