Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको वरिष्ठ डीसीईओमा बराल र सहायक महाप्रबन्धकमा थापाको पदोन्नति

अर्थ संसार

सोमबार, २४ असार २०८१, १५ : ५८ मा प्रकाशित

ज्योति विकास बैंकको वरिष्ठ डीसीईओमा बराल र सहायक महाप्रबन्धकमा थापाको पदोन्नति

ज्योति विकास बैंकले रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । 

बैंकले साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।

चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेसनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र एन आईसी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा काम गरेको अनुभव छ । बराल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको पूर्वसञ्चालक पनि हुन् । उनी हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन् ।

बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव बटुलेका नव-नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरेर विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा व्यवस्थापकीय पदमा विविध बैंकिङ काममा बहुआयामिक अनुभव हासिल गरेका छन् । विगत ७ वर्षदेखि ज्योति विकास बैंकमा आबद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संशाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन्।

ज्योति विकास बैंकका हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको