Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो: प्रेम सुवाल

अर्थ संसार

सोमबार, २४ असार २०८१, १६ : १८ मा प्रकाशित

हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

उनले भने,’अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो। नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो? सार्वजनिक हुन आवश्यक छ। यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको