Like us!
Follow us!
Connect us!
Watch us!

सदनमा एमाले माओवादीबीच गीतको दोहोरी

अर्थ संसार

सोमबार, २४ असार २०८१, १७ : ५६ मा प्रकाशित

सदनमा एमाले माओवादीबीच गीतको दोहोरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि संसद्मा उनको राजीनामालाई लिएर सत्ता र प्रतिपक्षी सांसदहरुबीच दोहोरी चलेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउन बालुवाटार पुगेको बेला ‘फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘’ भन्ने बोलको गीत गाएका थिए । त्यस बेलादेखि सुरु भएको गीतका भाकाहरूले संसद्मा पनि प्रवेश पाएको हो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र ’ गीत सुनाए ।

आइतबारको बैठकमा सांसद सुनील शर्माले पनी गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले‘सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा ‘ गाएका थिए । 

यस्तै संसदकै बैठकमा एमाले सांसद ठाकुर गैरेले पनी गीतमार्फत नै प्रचण्डलाई प्रहार गरेका थिए । राजीनामा बुझाउन बालुवाटारमा प्रचण्डले गित गाएको प्रसंग उप्काउँदै सांसद गैरेले बरू, ‘उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि’ भन्दै कटाक्ष गरे ।

बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

 गैरे बोलेको केहीबेर पछि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ दिए । ‘कुन्ती मोक्तानले एउटा गीत भन्नुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर । म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर । रे ग रे सा सा रे ग रे सा‘,’ उनले भने । 

उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको