Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाकाे बजेट खर्च पाँच वष यताकै उच्च

अर्थ संसार

बुधबार, २६ असार २०८१, १४ : ०७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाकाे बजेट खर्च पाँच वष यताकै उच्च

काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। पछिल्ला पाँच वर्षको तुलनामा महानगरको बजेट खर्च यसपालि सबभन्दा धेरै भएको हो। 

मंगलबार प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको जानकारी दिए ।

महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब २० करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये १२ अर्ब ३५ करोड रूपैयाँ  खर्च भएको छ।

महानगरले आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको ४९.७ प्रतिशत खर्च गरेको थियो। त्यसपछि क्रमशः खर्च दर घट्दै गएको थियो। वर्ष २०७७/७८ मा ३६.७ प्रतिशत, २०७८/७९ मा ४४.३ प्रतिशत र २०७९/८० मा ४०.२ प्रतिशत कुल खर्च भएको थियो। 

त्यस्तै यसपालि महानगरको पुँजीगत खर्चमा पनि सुधार भएको छ। चालु वर्ष पुँजीगत खर्च बढेर ४२.३५ प्रतिशत पुगेको छ। यो तीन वर्षयताकै उच्च हो। आर्थिक वर्ष २०७६/७७ मा महानगरको पुँजीगत खर्च ४४.८ प्रतिशत थियो। त्यसपछि घट्दै वर्ष २०७७/७८ मा २१.३ प्रतिशत, २०७८/७९ मा २९.४ प्रतिशत र २०७९/८० मा २५.९ प्रतिशत पुँजीगत खर्च भएको थियो।

वित्तीय खर्च पनि २०७७/७८ मा २३ प्रतिशत भएकामा बढेर यो वर्ष शतप्रतिशत पुगेको छ। महानगरको बेरूजु पनि यो वर्ष कम भएको छ। वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा बेरूजु ६१ प्रतिशतले कम भएर २६ करोड रूपैयाँ कायम भएको महानगरले जनाएको छ।

यो वर्ष महानगरले चालु खर्च थोरै घटाएको छ। गत वर्ष ६४.९ प्रतिशत चालु खर्च भएकामा यसपालि ६४.४ प्रतिशत छ। वर्ष २०७६/७७ मा यस्तो खर्च ७७.२  प्रतिशत थियो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको