Like us!
Follow us!
Connect us!
Watch us!

बढी मूल्यमा नुन बेच्ने फार्मलाई ३ लाख जरिवाना

अर्थ संसार

बुधबार, २६ असार २०८१, १८ : ०८ मा प्रकाशित

बढी मूल्यमा नुन बेच्ने  फार्मलाई  ३ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेको र बढी मूल्यमा नुन बेचिरहेका दुई मार्टलाई ३/३ लाख जरिवाना गराएको छ। 

सोल्टीमोडमा रहेको म्याक्रो मिनि मार्ट र ताहाचलको मेगा मार्ट प्रालिलाई उक्त जरिवाना गरिएको हो। 

काठमाडौं महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री गरेको तथा ताहाचलस्थित मेगा मार्टले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्री गरेको भेटिएको विभागले जनाएको छ ।

यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्री नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको