Like us!
Follow us!
Connect us!
Watch us!

देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउँछौं:महाप्रसाद अधिकारी

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १० : २७ मा प्रकाशित

देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउँछौं:महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन्।

बिहीबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उनले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन्।

‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो। सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौं,’ उनले भने।

उनले बिदेशी मुद्रा कुनैपनि चाहिएको बेला अप्ठ््यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सवल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको