Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको लाभांश घोषणा, कति दिदै छ बोनश सेयर र नगद ?

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, ११ : ०४ मा प्रकाशित

नेशनल लाइफको लाभांश घोषणा, कति दिदै छ बोनश सेयर र नगद ?

नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको