Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड, कुन बैंकको कति ?

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १६ : १३ मा प्रकाशित

११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड, कुन  बैंकको कति ?

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ११ महिनामा कुल ५६ अर्ब ४५ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।  तथ्यांकअनुसार उनीहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

१० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँबराबरको नाफा गरेका छन् । जसमध्ये वाणिज्य बैंकको नाफा ५६ अर्ब ४५ करोड रहँदा विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ४ करोड खुद नाफा गरेका थिए । उनीहरुले ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा गरेका थिए । गत आवको ११ महिनाको नाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको नाफा १६ प्रतिशत कम हो ।

यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

यसैगरी, ग्लोबल आइएमई बैंकले ११ महिनामा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै नबिल बैंकलाई पछ्याएको छ । त्यसपछि नेपाल इन्मेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड मुनाफा आर्जन गरेका छन् ।

यस्तै, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड, एनएमबि बैंकले २ अर्ब ७७ करोड, हिमालयन बैंकले २ अब ७६ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, कुमारी बैंकले १ अर्ब ६७ करोड नाफा कमाएका छन् । त्यस्तै, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड, नेपाल बैंक १ अर्ब ७ करोड नाफा कमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको