वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न विभिन्न ६ वटा विदेशी अडिट (लेखापरीक्षण) फर्म छनोट भएका छन् ।
विभिन्न १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ६ वटा अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्म सर्टलिष्ट (छनोट) भएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघि आर्थिक प्रस्तावमा असहमति जनाउँदै ठेक्का प्रकृया नै रद्द गरेको 'केपीएमजी'लाई समेत समेटेर राष्ट्र बैंकले ६ स्वतन्त्र लेखापरीक्षक फर्महरू छनौट गरेको हो।
जसअन्तर्गत पहिलो नम्बरमा श्रीलंकाको लेखापरीक्षक कम्पनी डेलोइट पार्ट्स, बंगालदेशको लेखापरीक्षक कम्पनी हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी, एमएसकेए एण्ड एसोसियट्स रहेका छन्। नेपाल र भारतको ज्वाइन्ट भेन्जर्स रहेको जीभी मेहेरा जेकेएसएस, एसआरबीए एण्ड बीके अग्रवाल कम्पनी रहेको छ।
लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएका अडिट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरक्षण थालनी गर्ने छन् । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस