चालु आर्थिक वर्षको माघसम्म चालु आर्थिक वर्षको ७ महिनामा २० वटा वाणिज्य बैंकले पर्यटन क्षेत्रमा मात्र २ खर्ब १६ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छ ।
यो अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १२.०९ प्रतिशतको लगानी वृद्धि हो । अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९३ अर्ब ३६ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
कुनबाट कति ?
यो अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले चालु आर्थिक वर्षको माघसम्म २२ अर्ब ९८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। प्रभु बैंकले यो अवधिसम्म २१ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। ग्लोबल आइएमई बैंकले १९ अर्ब ११ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस्तै,माघसम्म प्राइम कमर्सियल बैंकले १८ अर्ब ५७ करोड २४ लाख रुपैयाँ, कुमारी बैंकले १७ अर्ब ८ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १६ अर्ब ८६९ करोड ९८ लाख रुपैयाँ ,हिमालयन बैंकले १२ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ६० करोड ४६ लाख रुपैयाँ र नबिल बैंकले ११ अर्ब १३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
यसैगरी,माघसम्म एनएमबि बैंकले १० अर्ब २६ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकले ८ अर्ब ८४ करोड १० लाख, सिद्धार्थ बैंकले ७ अर्ब ५७ करोड ७० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ, सानिमा बैंकले ६ अर्ब २४ करोड ३८ लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब ७१ करोड २९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४ अर्ब ९७ करोड २४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३ अर्ब ८८ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २ अर्ब ९५ करोड ८० लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस