Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरूकाे निक्षेप ६० खर्ब नाघ्यो, शीर्षस्थानमा ग्लोबल र नबिल,अन्य कुन बैंकसँग कति ?

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १३ : १३ मा प्रकाशित

वाणिज्य बैंकहरूकाे निक्षेप ६० खर्ब नाघ्यो, शीर्षस्थानमा ग्लोबल र नबिल,अन्य कुन बैंकसँग कति ?

पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेका देखिएकाे छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब ४ कराेड रूपैयाँ निक्षेप संकलन गरेका छन् ।

सबैभन्दा बढी निक्षेप

एनबीएको तथ्यांकअनुसार फागुनसम्ममा सबैभन्दा बढी निक्षेप संकलन बैंकमा ग्लोबल आईएमई बैंक,नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।

ग्लोबल आईएमई बैंक - ५ खर्ब ३३ अर्ब रुपैयाँ 

 नबिल बैंक - ५ खर्ब ३ अर्ब रुपैयाँ

नेपाल इन्भेस्टमेन्ट बैंक - ४ खर्ब ५२ अर्ब रुपैयाँ 

अन्य कुनको कति  ?

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रूपैयाँ, कुमारी बैंक ३ खर्ब ५६ रूपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब ५० अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा प्रभु बैंकले ३ खर्ब १२ अर्ब रूपैयाँ, नेपाल बैंकले ३ खर्ब ९ अर्ब रूपैयाँ, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब रूपैयाँ, एनआईसी एशिया बैंकले २ खर्ब रुपैयाँ ९८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।यसैगरी एभरेष्ट बैंकले २ खर्ब ६७ अर्ब रूपैयाँ, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब रूपैयाँ, कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब रूपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब ४२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।

यसैगरी,सिद्धार्थ बैंकले २ खर्ब ४६ अर्ब रूपैयाँ, सानिमा बैंकले २ खर्ब १५ अर्ब रूपैयाँ, सिटिजन्स बैंकले २ खर्ब १ अर्ब रूपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८१ अर्ब रूपैयाँ माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । समिक्षा अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने वाणिज्य बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले माघमा १ खर्ब २५ रूपैयाँमात्र निक्षेप संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको