Like us!
Follow us!
Connect us!
Watch us!

चैतमा पनि रोकियो ब्याजदर घट्नेक्रम,अधिकांश बैंकको ब्याजदर स्थिर हुँदा घटाउनेमा कुन कुन बैंक ?

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १० : ४० मा प्रकाशित

चैतमा पनि रोकियो ब्याजदर घट्नेक्रम,अधिकांश बैंकको ब्याजदर स्थिर हुँदा घटाउनेमा कुन कुन बैंक ?

अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्।यसअघि फागुन महिनाका लागि अधिकांश बैंकले माघ महिनाकै ब्याजदर कायम गरेका थिए । 

यससँगै, तीन वर्षभन्दा लामो समयदेखि घट्दो अवस्थामा रहेको नेपालको ब्याजदर घट्नेक्रम रोकिएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर ३ वर्षभन्दा बढी समयदेखि घट्दो अवस्थामा थियो । चैत महिनाका लागि सार्वजनिक नयाँ ब्याजदरसूचीअनुसार मुद्धती निक्षेपमा हिमालय बैंक र नेपाल बैंकको ब्याजदर घटेको छ ।

२० वाणिज्य बैंकमध्ये २ वटाको मात्रै मुद्धती निक्षेपको ब्याज घटेको छ ।

हिमालयनले चैत महिनाका लागि ०.७५ प्रतिशतले ब्याजदर घटाएको छ । यस्तै, ०.१० प्रतिशतले ब्याजदर घटेको छ । यसबाहेक, १८ वटा बैंकको मुद्धती निक्षेपको ब्याज स्थिर कायम भएको छ ।

 

कुन बैंककाे कति ?

 

 

 

67d3b9cfa2c11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको