Like us!
Follow us!
Connect us!
Watch us!

सुनसहित त्रिभूवन विमानस्थल भन्सारबाट भारतीय नागरिक पक्राउ

अर्थ संसार

सोमबार, ३१ असार २०८१, १३ : ३७ मा प्रकाशित

सुनसहित त्रिभूवन विमानस्थल भन्सारबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।  अवैध रूपमा लुकाएर लैजान लागेको  सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदासलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान सहित पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको