Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने​

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १२ : २६ मा प्रकाशित

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने​

हाल सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित रहेर एनसेलले  वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ ।

यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् ।​

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, आइएमई पेको प्लेटफर्महरुमार्फत लिन सक्छन् ।

यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन् । यो अफर अन्तर्गत ग्राहकहरूले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु ४,९८९) छुट पनि पाउँछन् ।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले रु ३,४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा रु ५,९९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइन्छ ।

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित रु ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क रु ६,९९९ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् ।

यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकहरूले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन् ।

ग्राहकले पाउने सेवाहरू हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन् । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरू अर्को नयाँ ३० दिनमा भने नथपिने कम्पनीले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको