Like us!
Follow us!
Connect us!
Watch us!

क्षणिक लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो: रास्वपा

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १० : ३२ मा प्रकाशित

क्षणिक लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो:  रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र अहिले अनर्गल प्रचारमा ल्याइनु क्षणिक पदीय हिसाब मिलाउने प्रयास भएको बताएको छ। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ए विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसद् सचिवाललगायत अन्य उच्च पदासिन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।' 

रास्वपाले उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको बताएको छ।

अमेरिकी भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको रास्वपाको जिकिर छ।  

यस्तो छ विज्ञप्ति 

669c933a0a71d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको