Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, ११ : ११ मा प्रकाशित

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ हजार रुपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनी छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । 

मंगलबार तेजाबी सुन प्रतितोला  १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यस्तै, मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको