Like us!
Follow us!
Connect us!
Watch us!

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०८ : ०७ मा प्रकाशित

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

पूर्वमन्त्री विरेन्द्र प्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए ।

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको