Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १० : ४९ मा प्रकाशित

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला  १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको