साउन महिना सुरु भएसँगै महिलाहरु सोमबारको व्रत बस्ने, हरियो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने गर्दछन् । युवतीहरुलाई हत्केलामा भरिएको गाढा रङको मेहेन्दीले धेरै सुन्दर र आकर्षक देखिन्छ । अझ महिलाले मेहन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाइने विस्वास राखिन्छ ।
त्यसैले हरेक महिलाहरु आफ्नो हातमा मेहन्दीको रङ गाढा होस् भन्ने चाहन्छन् । तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक छ र हुन्छ । मेहन्दीको रङ गाढा भएको होइन, मेहन्दीमा केमिकल मिसाएर गाढा बनाइएको हो, बढी गाढा देखिएका मेहन्दीमा पारा–फेनाइलेनेदायमाइन तथा मट्टितेल तथा पेट्रोलको समेत प्रयोग भएको हुन्छ । यस्तो केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ ।
मेहेन्दी हेर्दा जति आकर्षक देखिएपनि यसको बेफाइदाहरु धेरै छन् । बजारमा पाइने केमिकलयुक्त मेहन्दी लगाउँदा सचेत हुनुर्पछ ।
गाढा मेहेन्दी लगाउँदा यसको साइड–इफेक्टलाई लिएर सचेत हुनुपर्ने चिकित्सकहरु नै बताउँछन् । मेहेन्दी लगाउदा खासगरि, छालाको एलर्जी हुनेजस्ता असर देखिन सक्छन् ।
मेहन्दीमा प्रयोग हुने रसायनले हत्केलाको छालामा एलर्जी हुनुका शरीरका भित्री अंगहरुमा समेत असर पर्न सक्छ ।
केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकल मिर्गौलामा पुग्न सक्छ । जसले गर्दा मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम बढ्छ ।
मेहन्दीको एलर्जी छ वा छैन भनेर कसरी परीक्षण गर्ने त ? यसका लागि मेहन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्ने यस्तो गर्दा यदी चिलाएन, पोलेन वा कुनै समस्या देखिएन भने तपाईलाई एलर्जी नहुनसक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस