Like us!
Follow us!
Connect us!
Watch us!

बालेन लक्षित मन्त्री पुनको कटाक्ष - सर्को तानेको बेलामा केही पनि नबोलौं, नलेखौं

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, ११ : ०८ मा प्रकाशित

बालेन लक्षित मन्त्री पुनको कटाक्ष  - सर्को तानेको बेलामा केही पनि नबोलौं, नलेखौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा मेयर शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका समयमा मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न सुझाव दिँदै कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

हिजो मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले व्यापक रूपमा भाइरल भइरहेको छ। उनले उक्त स्टाटस केही मिनेटमै हटाएका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको