Like us!
Follow us!
Connect us!
Watch us!

नेरूडे मिर्मिरेमा चारदिन देखि कर्मचारी आन्दोलन जारी, देशभरका शाखा ठप्प

अर्थ संसार

विहीबार, १० साउन २०८१, १० : ५२ मा प्रकाशित

नेरूडे मिर्मिरेमा चारदिन देखि कर्मचारी आन्दोलन जारी, देशभरका शाखा ठप्प

नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीहरू चारदिन देखि आन्दोलनमा छन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले उक्त आन्दोलिन सुरु गरेका हुन् । गत साउन ७ गतेदेखि आन्दोलित कर्मचारीहरूले आफ्ना माग सुनुवाई नभएको भन्दै आजपनि आन्दोलन गर्दै देशभरिका शाखा कार्यालय ठप्प पारेका छन्।

फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयसहित हिजो तेस्रो दिन (साउन ९ गते) केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आज भने केन्द्रीय कार्यालय आंशिक रूपमा खुला राखेर अन्य सबै शाखा पूर्ण रूपमा बन्द गरेका छन् ।  

कर्मचारीहरूका माग सम्बोधन गर्न सञ्चालक समिति र व्यवस्थनापन टिमले चासो नदेखाएको र यही अवस्था रहिरह्यो भने आन्दोलन अझै चरकिर्ने आन्दोलनरत कर्मचारीको भनाई छ । 

कर्मचारीहरू मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ ।

साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको