Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, ११ : १३ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ।

विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार २ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई संस्थाका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको बनेपा–८ स्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ। 

तोकिएको समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको