Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड,खराब कर्जा ६.६० प्रतिशत

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १३ : ५७ मा प्रकाशित

मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड,खराब कर्जा ६.६० प्रतिशत

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा

नेरुडे मिर्मिरे लघुवित्तले प्रकाशित गरेको गत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

गत आवमा कम्पनीले १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा

समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ छ ।

जगेडा कोष/रिटेन्ड अर्निङ्ग

कम्पनीको रिजर्भ कोषमा जगेडा कोष १ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै रिटेन्ड अर्निङ्ग भने ५ करोड २९ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात

गत आवमा  कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.५३ गुणा छ ।

चुक्तापूँजी

समीक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ ।

खराब कर्जा

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा (एनपीएल) बढेर ६.६० प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खराब कर्जा ५.०५ प्रतिशत थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको