नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक सेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो ।
संस्थाको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष नियुक्त गरेको ।
सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका बोहरा असोज ५ गतेको बैठकबाटै सञ्चालक नियुक्त भएका थिए ।
यसअघिका संस्थाका अध्यक्ष सन्तोष फुयालले दिएको राजीनामा संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । उनको राजीनामा असोज ५ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । तर उनी सञ्चालक सदस्य भने रहनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस