Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर

अर्थ संसार

विहीबार, १० साउन २०८१, ११ : २१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो ।

बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो ।

यस्तै सेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ । यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो ।

अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुजे बैंकको भनाइ छ । बैंकको आधार दर ७.६९ प्रतिशत छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको