Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, १० : ४७ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले  संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले आज फागुन १ गतेबाट बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।  

यो सेयरमा हाललाई बैंकका विद्यमान सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ९ गतेसम्म तोकिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको