Like us!
Follow us!
Connect us!
Watch us!

बीवाइडीका गाडी किन्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

अर्थ संसार

आइतबार, २० साउन २०८१, ११ : २० मा प्रकाशित

बीवाइडीका गाडी किन्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्यका साथ बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि यो सम्झौता गरिएको बैंकले जनाएको छ ।

समझदारीपत्रमा एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआइएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआइएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको