Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ११ : २६ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँनेछन् । ३५ दिनभित्र संस्थापकहरूले सो सेयर नकिनेमा भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।

सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको