Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, ११ : १७ मा प्रकाशित

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय  रुपैयाँले सुनको मूल्य घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको